बुद्ध एयरको विमान त्रिभुवन विमानस्थलमा आपतकालीन अवतरण


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस २२ २०८१
2.4K
SHARES

२२ पुस काठमाडौं । बुद्ध एयरको विमान सोमबार बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवरण गरेको छ।विमानस्थल कार्यालयका अनुसार बिहान ११ बजेर २० बुद्ध एयरको एआरटी–७२ जहाल (९एन–एजीएस) काठमाडौंमा आपतकालीन अवरण गरेको हो।

बुद्ध एयरको जहाज काठमाडौंबाट झापाको भद्रपुरस्थित चन्द्रगढी जाँदै गरेको थियो। काठमाडौंबाट ४३ नटिकल माइल पूर्व पुग्दा विमानको बाँया इन्जिनमा प्लेम आउट भएको थियो। त्यस सिंगल इन्जिन भएको जहाज सफलतापूर्वक त्रिभुवन विमानस्थलमा आपतकालीन गर्न अवतरण भएको कार्यालयले जनाएको छ।

विमान बिहान १० बजेर ३७ मिनेटमा चन्द्रगढी उडेको थियो। विमानमा ७२ जना यात्रु र ४ जना चालक दलका सदस्य थिए।विमानमा सवार सबैजना सकुशल रहेको र हाल सम्पूर्ण आपतकालीन सेवा अहिले परिचालन गरिएको कार्यालयको भनाइ छ।