एमाले केन्द्रीय कमिटी बैठक : प्रतिवेदनमाथि छलफल जारी रहने


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस २२ २०८१
2.9K
SHARES

२२ पुस काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । आइतबारबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

आइतबारको बैठकमा २७ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् । आज बाँकी नेताहरूले प्रतिवेदनमाथि बोल्ने कार्यसूची छ । हिजोको बैठकमा तीन नेतालाई कारबाही गरिएको निर्णय सच्याउन माग गरिएको थियो । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिम्सिनालाई गरिएको कारबाहीमा सच्याउनुपर्ने आवाज बैठकमा नेताहरूले उठाएका थिए ।

गत पुस १० गते एमाले सचिवालय बैठकले रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । पाण्डे र तिम्सनालाई ६ महिना निलम्बन गर्ने निर्णय गरेको थियो ।