लस एन्जलसमा आपत्‌कालको घोषणा


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस २४ २०८१
2.8K
SHARES

२४ पुस काठमाडौं । अमेरिकाको लस एन्जलसमा आपत्‌कालको घोषणा गरिएको छ ।  सुरुमा १० एकडमा लागेको आगो केही घण्टामै २९ सय एकडमा फैलिएपछि आपत्‌कालको घोषणा गरिएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार, ३० हजार मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ ।केही भिडियो फुटेजमा प्यासिफिक पालिसेड्स क्षेत्रका घरहरू नजिकका क्षेत्रबाट धुवाँ निस्किरहेको देखिन्छ ।क्यालिफोर्नियामा लाखौँ मानिसका लागि चेतावनी जारी गरिएको छ ।