नेताहरुको सम्पत्ति छानबिन गरौं – नेता शर्मा


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस २४ २०८१
3.4K
SHARES

२४ पुस काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माले पार्टीका नेताहरु रुपान्तरण हुन तयार भएको बताएका छन् । उनले पार्टीभित्र आर्थिक पारदर्शीता पहिलो प्राथमिकताका साथ आएकोले सबै नेताहरु सच्चिनको लागि तयार हुनुपर्नेमा जोड दिए ।

आज (बुधबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले नेताहरुको सम्पत्ति छानबिन गर्ने र कुन कुन नेताले कसरी ठूला महल बनाएर भन्नेबारे पनि छानबिन गरिने घोषणा गरे । उनले माओवादी नसच्चिए देश ठीक नहुनेपनि दाबी गरे ।

उनले अहिले माओवादी सरकारमा नजाने निर्णय भएको पनि सुनाए । उनले भने,‘अहिले हामीले सरकारतर्फ नजर नडुलाउने भनिएको छ । फेरि सरकार ढाल्ने, गठबन्धन बनाउन चलखेल गर्नेतर्फ लाग्ने होईन । अब पहिले आफूलाई सच्याउने, अनि जनतासँग सहकार्य गर्ने, जनतालाई सोध्ने र जनताले भनेअनुसार जाने भन्ने हाम्रो संकल्प छ ।’