आठ वर्षयता निरन्तर नाफामा विद्युत् प्राधिकरण


Capital Headline
प्रकाशित मिति : शनिबार, पौस २७ २०८१
3.2K
SHARES

२७ पुस काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ । प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरणअनुसार गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२.७३ प्रतिशतमा सीमित गरेको छ ।

चुहावट घटाउनु पनि कमाउनु हो भन्ने मूल मर्मलाई आत्मसात् गरेको प्राधिकरणले अनाधिकृत विद्युत् चोरी तथा प्राविधिक चुहावटलाई कम गर्न अनेकन प्रयास गरिएको जनाएको छ ।

आठ वर्षअघिसम्म प्रणालीमा २५.७८ प्रतिशत विद्युत् चुहावट भइरहेको थियो । आव २०७९/८० मा विद्युत् चुहावट १३.४६ प्रतिशत थियो । आव २०८०/८१ मा चुहावट १२.७३ प्रतिशतमा सीमित गरिएको विवरणमा उल्लेख छ ।