काठमाडौँ आइपुगे रवि लामिछाने


Capital Headline
प्रकाशित मिति : शनिबार, पौस २७ २०८१
1.7K
SHARES

२७ पुस काठमाडौ । सूर्यदर्शन सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखराबाट काठमाडौँ आइपुगेका छन्।

रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने गाडीमार्फत शुक्रबार साँझ काठमाडौँ आइपुगेका हुन्।

‘उहाँ हिजो (शुक्रबार) त्यस्तै साँझ साढे ५ बजे काठमाडौँ आइपुग्नुभयो’, झाले भने, ‘अब भोलि (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित हुनु हुनेछ।’