बढ्यो सुन चाँदीको भाउ
Capital Headline
प्रकाशित मिति :
आइतबार, पौस २८ २०८१
1.6K
SHARES
२८ पुस काठमाडौं । आज पुस २८ गते नेपाली बजारमा सुन चाँदीको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला १ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार ८६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा चाँदी १ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट