नेप्से राताम्य : २५ अंकले घट्यो


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस २८ २०८१
2.8K
SHARES

२८ पुस काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार २५.४१ अंकले घटेको छ । नेप्से ०.९६ प्रतिशतले घटेर २६०९.६७ को विन्दुमा झरेको हो ।यस दिन तीन अर्ब ९९ करोड ७९ लाख रुपैयाँमा ८० लाख २१ हजार ६३१ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

४३ कम्पनीको सेयर मूल्य बढेको छ । १९४ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।कारोबारमा रहेका १३ समूहगत परिसूचक सबै घटेका छन् ।वेन नेपाल लघुवित्त र सिन्धु विकास बैंकको सेयर १० प्रतिशतले बढेको छ । न्यादी हाइड्रोको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।