सुनको मूल्य तोलामा १०० ले बढ्यो, चाँदीको स्थिर


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस २९ २०८१
1.6K
SHARES

२९ पुस काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।