चन्द्रपुरमा दुई दिन सार्वजनिक बिदा
२९ पुस रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले माघे संक्रान्ति पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको छ ।चन्द्रपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय तथा नगर उप– प्रमुख जयमाला चौधरीको तर्फबाट दुई दिन सार्वजनिक विदा दिएको हो । नेपालीहरुको पर्व माघे संक्रान्ति (माघी पर्व) को अवसरमा माघ १ र २ गते सार्वजनिक बिदा दिएको सूचनामा उल्लेख गरिएको छ ।
नगर उप–प्रमुख चौधरीद्धारा हस्ताक्षरित सूचनामा २०८१ माघ १ र २ गते सार्वजनिक विदा दिएकाले सो दिन चन्द्रपुर नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु तथा मातहतका सम्पुर्ण कार्यालयहरुमा विदा रहने व्यहोरा उल्लेख गरीएको छ ।