नयाँ मौसमी प्रणाली भित्रिँदै


Capital Headline
प्रकाशित मिति : मंगलबार, माघ १ २०८१
2.9K
SHARES

१ माघ काठमाडौं । नेपालमा बिहीबारबाट पुनः नयाँ मौसमी प्रणाली भित्रिने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार पश्चिमी न्यूनचापीय प्रणाली भित्रिने भएको हो ।

यो प्रणालीको प्रभाव पश्चिम नेपालमा मात्रै पर्नेछ । “बिहीबार यो प्रणाली भित्रिनेछ । यसको प्रभाव पश्चिम नेपालमा मात्रै पर्नेछ,” मौसमविद् सञ्जिव अधिकारी  भन्छन्, “यसको असर मध्य र पूर्वी नेपालमा खासै पर्ने छैन ।” पूर्वतर्फ धेरै सर्न नपाउँदै यो प्रणाली कमजोर भएर बाहिरिनेछ ।

मौसमविद् अधिकारीका अनुसार यो प्रणाली यसअघिका पश्चिमी न्यूनचापीय प्रणालीभन्दा कमजोर हुनेछ । जसका कारण देशभर नफैलिँदै बाहिरिनेछ ।