आज विपक्षी दलहरूले संयुक्त पत्रकार सम्मेलन गर्दै


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ ४ २०८१
1.7K
SHARES

४ माघ काठमाडौं । संघीय संसदका विपक्षी दलहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै छन् ।आज ६ विपक्षी दलहरूको बैठक पश्चात् दिउँसो ३ बजे संघीय संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

विपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै पत्रकार सम्मेलनको तयारीका लागि नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुषालको २ सदस्यीय कार्यदल बनाएको थियो ।