न अर्थतन्त्र धराशायी छ, न त बैंक नै डुबेका छन् – अर्थमन्त्री पौडेल


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ ६ २०८१
3.4K
SHARES

६ माघ काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र कुनै समस्या नभएको दाबी गरेका छन् । आइतबार अर्थ मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री परौडेलले यस्तो बताएका हुन् ।अर्थमन्त्री पौडेलले भने, ‘कर्जा प्रवाह बढिरहेको छ । निक्षेप जसरी नै कर्जा विस्तार पनि विस्तारै भैरहेको छ । बैंकको लगानीमा सुधार भइरहेको छ । बैंक डुबे, अर्थतन्त्र समस्यामा छ भनेर प्रचार गरिएको छ । यस्ता नकारात्मक प्रचारले स्थान पाउनु हुदैन । बैंक र अर्थतन्त्र डुब्दैनन । न अर्थतन्त्र धराशायी छ न त बैंक नै डुबेका छन् । हावादारी प्रचार गर्न हुँदैन । एकाध समस्या हुन सक्छन तर त्यसको समाधान गर्न सकिन्छ । केही समस्या आयो भन्दैमा हामीले डुब्यो भन्दै प्रचार गर्न हुदैन ।’

साथै आफू सरकारमा आउँदा ओरालो लागिरहेको अर्थतन्त्रलाइ सुधार गरिरहेको उनको दाबी छ । यो सरकारले काम गर्नका लागि आवश्यक कानून निर्माण गरेर अगाडि बढीरहेको मन्त्री पौडेलले जनाए ।अर्थ मन्त्रालयले प्रस्तुत गरेको तथ्यांकमाथि शंका नगर्न आग्रह गर्दै उनले भने, ‘अर्थ मन्त्रालय डेटामा चिटिङ गर्दैन । जे छ त्यही देखाउछ । तथ्यले जे देखाउछ (हरियोलाइ हरियो अनि रातोलाइ रातो ) नै देखाउँछ ।’

अधिकांश सार्वजनिक संस्थान जुन खालको समस्यामा गिजोलिएका छन् त्यसका लागि सरकारले सार्वजनिक सस्थानको व्यवस्थापन गरेर अब सन्चालन गर्ने उनले आश्वसन देखाए ।बिग्रेका अर्थतन्त्रलाइ आफ्नो सरकारले सुधार गरेर यहाँसम्म ल्याएको समेत उनले दोहोर्याए । अर्थतन्त्रमा सुधारका कामहरु गर्न जारी राख्ने उनले बताए ।