आजदेखि कोसी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु हुँदै


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ ७ २०८१
1.9K
SHARES

६ माघ  विराटनगर । कोसी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । अघिल्लो अधिवेशनमा बजेट पारित गर्नेबाहेक खासै बिजनेस नपाएको सभामा योपटक सरकारले घटीमा संशोधनसहित १० वटा विधेयक लैजाने तयारी गरेको छ । सत्तासीन नेकपा एमाले कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले सदनमा बिजनेसको अभाव नहुने बताएका छन् ।

ठूलो दलको हिसाबले एमालेले सदनलाई चुस्त, वैज्ञानिक र वस्तुनिष्ठ ढंगले सञ्चालन गर्न सहयोगी भूमिका खेल्ने उनले बताए । सरकार हेरफेर भइरहँदा त्यसको असर प्रदेशसभामा समेत परेको बताउँदै उनले ठूला दल मिलेर अहिले दह्रो सरकार बनेकोले त्यो स्थिर भएर जानेमा आफू ढुक्क रहेको सुनाए ।

प्रदेश सरकार गठन भएसँगै दोस्रो कार्यकालमा प्रदेशले सञ्चालन गर्ने विकास निर्माणको तथ्यांक अद्यावधिक गर्ने छुट्टै निकायका लागि आफूहरूले समेत पहल गरेको उनले बताए ।