६ महिनाको वाणिज्य बैंकहरुको नाफा २७.४३ अर्ब
७ माघ काठमाडौं । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको २७ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको पुसमा वाणिज्य बैंकहरुको नाफा २८ अर्ब ७६ करोड थियो ।ब्याजको किस्ता नउठ्दा बैंकहरुले ऋण सुरक्षणका लागि कर्जा नोक्सानी व्यवस्थापनको खर्च बढाएका छन् । २० बैंकमध्ये ११ वटाको नाफा बढेको छ । बाँकी ९ को घटेको छ ।
सार्वजनिक विवरण अनुसार प्रभु बैंकको नाफा सबैभन्दा धेरै ८५.४९ प्रतिशतले वृद्धि भएको छ । धेरै नाफा गर्नेमा नबिल बैंक छ । नबिलले ३ अर्ब २४ करोड रुपैयाँ नाफा गरेको छ । आर्थिक गतिविधि सुस्त भए पनि अधिकांश बैंकहरु असुलीमा सुधार गर्दा नाफा बढाउन सफल भएका छन। एनआईसी एसिया, कुमारी, नेपाल, सिटिजन्स, कृषि विकास, राष्ट्रिय वाणिज्य, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा खुम्चिएको छ ।
एनआईसी एसिया बैंकको नाफा सबैभन्दा धेरै ९२.०३ प्रतिशतले खुम्चिएको छ । पुस मसान्तसम्म बैंकले १५ करोड १७ लाख नाफा गरेको छ। अघिल्लो वर्ष यसै अवधिमा बैंकले १ अर्ब ९० करोड नाफा गरेको थियो ।
कुन बैंकको नाफा कति ?
| वाणिज्य बैंकहरू | २०८१/०८२ दोस्रो त्रैमाससम्मको नाफा (रु.000) |
२०८०/०८१ दोस्रो त्रैमाससम्मको नाफा (रु.000) |
नाफा फरक (प्रतिशत) |
| एनआइसी एसिया | १५१७३० | १९०३८०७ | -९२.०३ |
| प्रभु | १३३६१३८ | ७२०३४१ | ८५.४९ |
| नेपाल इन्भेष्टमेन्ट मेगा | २८३२३२६ | १८०१९४४ | ५७.१८ |
| कुमारी | २७५७३० | ८६७२११ | -६८.२ |
| ग्लोबल | ३०५३४८९ | २०४२३२९ | ४९.५१ |
| एभरेष्ट | २०७४७६३ | १७१३१४८ | २१.११ |
| हिमालयन | १५१८७७० | १५०३९७४ | ०.९८ |
| एनएमबि | २००३५४० | १३७५९८७ | ४५.६१ |
| नेपाल | ४६१०१७ | ५९००५१ | -२१.८७ |
| लक्ष्मी सनराइज | ११६२०७६ | १०५९२१० | ९.७१ |
| सिटिजन्स | ६६१८२८ | ७८२७८४ | -१५.४५ |
| नबिल | ३२४४२७७ | ३२०३०७९ | १.२९ |
| प्राइम कमर्सियल | १८६९९५० | २१८२९२७ | -१४.३४ |
| सानिमा | ११९२३११ | ११३८६१४ | ४.७२ |
| कृषि विकास | ९५७५४९ | १३५५२७५ | -२९.३५ |
| नेपाल एसबिआई | ९००२८१ | ८४०५४२ | ७.११ |
| माछापुच्छ्रे | ८०७३२७ | ८०५३८० | ०.२४ |
| राष्ट्रिय वाणिज्य | ७६३०३३ | २०१५३८८ | -६२.१४ |
| सिद्धार्थ | ५३०२२९ | ११३६८२२ | -५३.३६ |
| स्टान्डर्ड चाटर्ड | १६४०६३० | १७२६४२८ | -४.९७ |
| औसत | २७४३६९९४ | २८७६५२४१ | -४.६२ |
स्रोत : बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण