घट्यो सुनको मूल्य


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ ७ २०८१
1.6K
SHARES

७ माघ काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ५७ हजार रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । आइतबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार पनि चाँदी यही मूल्यमा किनबेच भएको थियो ।