पुरुषले आफ्नै शरीरमा लगाए आगो
७ माघ काठमाडौँ । मोरङको उर्लाबारी नगरपालिका–६ मा प्रेमिकाले धोका दिएको आरोप लगाएर एक जना पुरुषले आफ्नै शरीरमा आगो लगाएका छन् । झापाको दमक नगरपालिका वडा नम्बर–७ घर भएका ४० वर्षीय विनोद थापाले पेट्रोल छर्किएर आगो लगाएका हुन् उर्लाबारी नगरपालिका–६ स्थित अन्नपूर्ण खाजा घरमा गएर उनले आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश जोशीले रातोपाटीलाई बताए । थापाको विराट टिचिङ अस्पतालमा उपचार हुँदैछ ।
अन्नपूर्ण खाजा घर झापाको दमक नगरपालिका–३ घर भएकी २८ वर्षीय इन्द्र लिम्बुले सञ्चालन गरेकी हुन् । इन्द्रले आफूलाई धोक दिएको विनोदको आरोप छ । उनीहरू दुवैजना विवाहित हुन् । प्रहरीले इन्द्रलाई सोधपुछ गरेर परिवारको जिम्मा लगाएको छ ।