बैंकको व्यवस्थापन र कर्मचारी साथीहरूका बीचमा जीवन्त सम्बन्ध हुनुपर्छ – अर्थमन्त्री पौडेल


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ ७ २०८१
2.4K
SHARES

७ माघ काठमाडौं । कृषि विकास बैंक स्थापनाको ५८औँ वर्षमा प्रवेश गरेको छ । कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रूपमा मान्यता पाएको थियो ।बैंकको ५८औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकको क्षमता, सामर्थ्य, बैंकको प्रतिष्ठा र बैंकको इज्जतलाई पहिलो कार्यसूची बनाउन बैंकका सबै कर्मचारीहरूलाई आग्रह गरेका छन् । उनले बैंक सबल, प्रभावकारी र बैंकको इज्जत माथि उठ्यो भने समस्त कर्मचारीको इज्जत माथि उठ्ने भएकाले बैंकको इज्जतलाई पहिलो कार्यसूची बनाउन आग्रह गरे ।

पौडेलले भने, ‘विशेषगरी बैंकको व्यवस्थापन र कर्मचारी साथीहरूका बीचमा जीवन्त सम्बन्ध हुनुपर्छ । जहाँ राम्रो सम्बन्ध हुन्छ त्यहाँ प्रगति हुन्छ । म सबै कर्मचारीहरूलाई आग्रह गर्न चाहन्छु । यहाँहरूले सबै भन्दा पहिलो प्राथमिकता बैंकको क्षमता, बैंकको सामर्थ्य, बैंकको प्रतिष्ठा र बैंकको इज्जतलाई पहिलो कार्यसूची बनाउनु पर्दछ । बैंक सबल भयो, बैंक प्रभावकारी भयो, बैंकको इज्जयत माथि उठ्यो भने समस्त कर्मचारीहरूको इज्जत माथि उठ्छ ।’साथै उनले प्राय व्यवस्थापन र कर्मचारीबीच राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरूले अपेक्षित प्रगति गर्न नसकेको बताए । उनले हरेक बैंकहरूले रोजगारी सिर्जना हुने ठाउँमा आफ्नो लगानी गर्न समेत आग्रह गरे ।