बैंकहरुको खराब कर्जा ७ प्रतिशतसम्म


Capital Headline
प्रकाशित मिति : मंगलबार, माघ ८ २०८१
1.5K
SHARES

८ माघ काठमाडौं । बैंकहरुको खराब कर्जा निरन्तर बढिरहेको छ । वाणिज्य बैंकहरुको खराब कर्जा पुस मसान्तमा आइपुग्दा अधिकतम ७ प्रतिशतको हाराहारीमा आइपुगेको छ ।

विवरण अनुसार कुमारी बैंकको खराब कर्जा ६.९६ प्रतिशतमा पुगेको छ । औषतमा भने वाणिज्य बैंकहरुको खराबकर्जा ४.३३ प्रतिशतमा देखिएको छ । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणमा १४ वटा बैंकहरुको खराबकर्जा बढेर ४ प्रतिशत माथि पुगेको छ भने एउटा बैंकको खराबकर्जा बढे पनि ३ प्रतिशतमै सीमित बनाउन सफल भएको छ ।

कुनको कति ?

कुमारी बैंक खराब कर्जा ६.९६ प्रतिशत

प्रभु बैंकले ५.६ प्रतिशत

नेपाल इन्भेष्टमेन्ट बैंक ५.८६ प्रतिशत

लक्ष्मी सनराईज बैंक ५.६७ प्रतिशत

नेपाल एसबीआई बैंक ३.५५ प्रतिशत

नेपाल इन्भेष्टमेन्ट बैंक ५.८६ प्रतिशत

प्राईम बैंक ४.९६ प्रतिशत

हिमालयन बैंक ४.९८ प्रतिशत

नेपाल बैंक ४.९९ प्रतिशत

सिटिजन्स बैंक ४.८५ प्रतिशत

माछापुच्छ्रे बैंक ४.५४ प्रतिशत

ग्लोबल आइएमई बैंक४.८६ प्रतिशत

एनआइसी एसिया बैंक ४.६१ प्रतिशत

सिद्धार्थ बैंक ४.५ प्रतिशत

राष्ट्रिय वाणिज्य बैंक ४.९६ प्रतिशत

कृषि विकास बैंक ४.९ प्रतिशत

नेपाल एसबीआई बैंक खराबकर्जा ३.५५ प्रतिशत

सानिमा बैंक ३.२२ प्रतिशत

एनएमबी बैंक ३.९६ प्रतिशत

नबिल बैंक खराबकर्जा १.७ प्रतिशत