अमेरिका विश्व स्वास्थ्य संगठनबाट अलग्गियो


Capital Headline
प्रकाशित मिति : मंगलबार, माघ ८ २०८१
2.8K
SHARES

८ माघ काठमाडौं । अमेरिकी राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले अमेरिकालाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग गर्ने आदेश जारी गरेका छन् ।यो आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले भने, “ओह, यो ठूलो निर्णय हो ।”अरू देशको तुलनामा यसका निम्ति अमेरिकाले अनुचित मूल्य चुकाएको ट्रम्पले बताएका छन् ।

डब्ल्यूएचओतर्फ संकेत गर्दै ट्रम्पले भने, “उनीहरूको धेरै इच्छा छ कि हामी फिर्ता होऔँ । त्यसैले हेरौँ के हुन्छ ।”विश्वास गरिएको छ कि केही समयपछि डब्ल्यूएचओमा अमेरिका फेरि फिर्ता हुनेतर्फ ट्रम्पको यो संकेत हुनसक्छ ।