तनहुँमा मोटरसाइकल खस्दा दुईजनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : मंगलबार, माघ ८ २०८१
2K
SHARES

८ माघ दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खस्दा त्यसमा सवार दुईजनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

मृत्यु हुनेको पहिचान खुल्न बॉकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।“हुस्सु लागेका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देखिएको छ,” उनले भने ।