प्रहरीले खोस्यो हर्कको गाग्री


Capital Headline
प्रकाशित मिति : मंगलबार, माघ ८ २०८१
2K
SHARES

८ माघ काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर छिर्ने सूचनापछि सिंहदरबारमा प्रहरी निगरानी बढाइएको छ । साम्पाङको साथबाट प्रहरीले गाग्री खोसेपछि एकछिन तनाव भएको थियो ।

धरानमा खानेपानीको लागि दबाब दिन भन्दै साम्पाङ प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई भेट्न सिंहदरबार छिर्न लागेका हुन् । गाग्री खोसेको प्रहरीले उनलाई सिंहदरबार प्रवेश गर्न भने दिएको छ ।सरकारले धराने जनतालाई खानेपानीको दीर्घकालीन व्यवस्था गर्न सक्नुपर्ने भन्दै उनी दबाबमा उत्रिएका हुन् ।