संसदीय समितिलाई बन्दी बनाउनु हुँदैन – नेता शर्मा


Capital Headline
प्रकाशित मिति : मंगलबार, माघ ८ २०८१
1.9K
SHARES

८ माघ काठमाडौँ । माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले संसदीय समितिलाई बन्दी बनाउन नहुने बताएका छन् । मङ्गलवार समितिको बैठकमा बोल्दै उनले लेखा समितिले सरकारको छायाको रूपमा काम गरेको आरोप लगाए । भूमिसम्बन्धी अध्यादेशमा सुकुम्वासीलाई जग्गा दिने कुरा मात्रै उल्लेख भएको भन्दै उनले सार्वजनिक सम्पत्तिको सुरक्षामा प्रश्न उठाए ।

साथै आइपीओ प्रिमियममा निकाल्न पाउने व्यवस्था त्यसमा भएको भन्दै उनले  घाटमा गएका कम्पनीले पनि आइपीओ निकाले जनता मारमा पर्ने बताए ।

साथै लेखा समितिले गरेका निर्णय र निर्देशन के भएका छन् भन्ने कुनै जानकारी नपाइएको भन्दै  उनले  सत्ता पक्षको सभापति हुँदा नहुने रहिछ भन्ने यहीबाट पुष्टि भएको शर्माले बताए । उनले लेखा समितिको सभापति विपक्षीलाई दिन पनि माग गरे ।