होटेलमा भएकाे आगलागीमा मृत्यु हुनेकाे संख्या ७६ पुग्याे


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ ९ २०८१
2.1K
SHARES

९ माघ काठमाडौं । टर्कीको एक होटेलमा आगलागी हुँदा मृत्यु हुनकाे संख्या ७६ पुगेकाे छ । आगलागीमा ५० जना घाइते भएका छन् । बोलु प्रान्तको १२ तले ग्राण्ड कार्तल होटेलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको इन्डिया टिभीले जनाएको  ।  आगलागीकाे समयमा उक्त होटेलमा २३८ जना रहेको समाचारमा उल्लेख छ ।

दुई हप्ताको जाडो बिदा मनाउनेहरूको भीडले होटेल भरिएको थियो । विद्यालय बिदा भएकाले होटेलमा धेरै पाहुना रहेको बताइएको छ । टर्कीका कानुनमन्त्रीले यस घटनामा नौ जनालाई पक्राउ गरिएको बताएका छन् । पक्राउ पर्नेमा रिसोर्टका मालिक पनि छन् ।