क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ १० २०८१
2.9K
SHARES

१० माघ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेको शल्यक्रिया भएको छ । बुधबार काठमाडौंस्थित सिल्भरलाइन हस्पिटलमा बुधबार हर्नियाको सफल शल्यक्रिया भएको हो । अस्पतालका प्रबन्धक डाक्टर अभिषेकराज सिंहले सन्दीपको शल्यक्रिया सफल भएको जनाएका हुन् ‌।

सन्दीपले हालै सम्पन्न जय ट्रफी इलाइट कपमा वाग्मती प्रदेशको कप्तानी सम्हालेका थिए । उनी पछिल्लो समय राष्ट्रिय क्रिकेटका नियमित सदस्य रहँदै आएका छन् ।

1-1737601952.jpg