एक महिनामा निर्जीवन बीमकको व्यापार ३ अर्ब ७० करोड
११ माघ काठमाडौं । आर्थिक वर्ष २०८१ /८२ को पुस महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले साढे ३ अर्ब बढी बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार निर्जीवन बीमा कम्पनीहरुले कुल २ लाख ५१ हजार ७४३ वटा बीमा पोलिसी बिक्री गरी कुल ३ अर्ब ७० करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ८४ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३६ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ३५ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३१ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले २८ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले २७ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले २६ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।