हाइसभित्र बेहोस भएका यात्रुको उपचारको क्रममा मृत्यु


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ १२ २०८१
2.7K
SHARES

१२ माघ गुल्मी । हाइसभित्रै बेहोस भएका एक यात्रुको उपचारको क्रममा मृत्यु भएको छ । बागलुङ जिल्ला बडिगाड गाउँपालिका वडानम्बर– ५ निवासी ३६ वर्षीय बुद्ध परियारको मृत्यु भएको हो ।

परियार बुटवलबाट बाग्लुङतर्फ जाँदै गरेको लु. १ज २५१ नम्बरको हाइसमा सवार उनी गुल्मीको सत्यवती गाउँपालिकाको वडा नम्बर ७ चोरकाटे भन्ने पुग्दा एक्कासी बेहोस भएका थिए । त्यसपछि उनलाई जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।