सत्तासाझेदार दलका नेताहरूको बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ १४ २०८१
2.6K
SHARES

१४ माघ काठमाडौं । सत्तासाझेदार दलका नेताहरूको बैठक आज बस्दै छ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बैठक आह्वान गरेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ उक्त बैठक बस्नेछ । बैठकमा समसामयिक राजनीति, सरकारका गतिविधि, संसद् अधिवेशनलगायत विषयमा छलफल गरिने बताइएको छ ।