सरकार स्वेच्छाचारी ढंगले शासन गर्दै छ – वर्षमान पुन


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ १७ २०८१
3.3K
SHARES

१७ माघ पाल्पा । नेकपा(माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सरकारले प्रतिशोधको भावनाले काम गरिरहेको बताएका छन् । सरकारले स्वेच्छाचारी ढंगले शासन गर्ने प्रयास गरेको उनको आरोप छ ।बिहीबार प्रेस सेन्टर पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव पुनले दुई तिहाइ मत रहेको दाबी गर्ने सरकारले सदनबाट पास गरेर लानुपर्ने विषयलाई अध्यादेशमार्फत शासन चलाउन खोज्नु गलत भएको बताए ।

विनाकारण संसद् छलेर अध्यादेश ल्याउनु संविधानविपरीत रहेको उनको दाबी छ । संसदको अवहेलना गर्दै अध्यादेश जारी गरेर देश चलाउन खोजिएको बताउँदै उनले सरकारले स्वेच्छाचारी ढङ्गले शासन गर्न खोजेको बताए ।‘अध्यादेश जरुरी पर्छ, संविधानले पनि व्यवस्था गरेको छ,’ उनले भने, ‘अति जरुरी भए मात्र अध्यादेश ल्याउनु उचित भए पनि सामान्य विषयवस्तुलाई अध्यादेश जारी गर्नु गलत हो ।