२३०० ले बढ्यो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ १८ २०८१
1.8K
SHARES

१८ माघ काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुचाँदी व्यवसायी महासंघका अनुजार आज सुनको भाउ तोलामा २३ सय रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर १ हजार ९१५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी १ हजार ८८५ रुपैयाँमा किनबेच भएको थियो।