यी १२ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ १८ २०८१
2.4K
SHARES

१८ माघ काठमाडौं । गत साउन ३१ गते ३ हजार अंकसम्म पुगेको बजार असोज १३ गते २४६४ अंकसम्म झरेको थियो । त्यसयता बजार उतारचढाव हुँदै अहिले २६५७ अंकमा कायम भएको छ ।पछिल्ला केही साता सेयर बजारको उतारचढाव न्यून रहे पनि एक दर्जन कम्पनीले भने नयाँ रेकर्ड बनाएका छन् ।

बजारमा सूचीकृत १२ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यसअघि कम्पनीले दिएको हकप्रद तथा बोनस सेयर समायोजनलाई पनि आधार मान्दा यी १२ कम्पनीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

यसरी उच्च मूल्यमा पुगेका कम्पनीमा अधिकांश हाइड्रोपावर सेक्टरका छन् । हालसम्मकै उच्च मूल्य बनाएका कम्पनीमा ७ हाइड्रोपावर, ३ विकास बैंक, १ लगानी र १ लघुवित्त कम्पनी छन् ।

हालसम्मकै उच्च मूल्यमा पुगेका यी हुन् १२ कम्पनी 

कम्पनी हालको मूल्य
कर्पोरेट डेभलपमेन्ट बैंक २४८०
ग्रीन डेभलपमेन्ट बैंक १८५०
हिमालयन हाइड्रोपावर ५९६
मकर जितुमाया सुरी हाइड्रोपावर ७७९
मोदी इनर्जी ३७३
एनआरएन इन्फ्रास्ट्रक्चर १३२२
न्यादी हाइड्रोपावर ७०७.८०
राप्ती हाइड्रो ६५२.८०
श्वेतगंगा हाइड्रोपावर ६२०
सिक्लेस हाइड्रोपावर १२०५
सिन्धु विकास बैंक १२४६.८०
सामुदायिक लघुवित्त २८५४