एकीकृत समाजवादीका नेताहरु माओवादीमा प्रवेश


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ १९ २०८१
2.6K
SHARES

१९ माघ काठमाडौ । नेकपा (एकीकृत समाजवादी) चितवन जिल्ला कमिटीका नेताहरु माओवादीमा प्रवेश गरेका छन् । उनीहरुलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा स्वागत गरेका हुन् । अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेता कृष्णराज न्यौपाने लब्लीको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गर्ने सयौं नेता कार्यकर्तालाई स्वागत गरे । दुईपटक कार्यवाहक जिल्ला अध्यक्ष भएर पार्टी सञ्चालन गरिसकेका नेता न्यौपाने हाल एकीकृत समाजवादीको बागमती प्रदेश सदस्य छन् ।

त्यस्तै, एकीकृत समाजवादीका चितवनका उपाध्यक्ष गंगालाल तामाङ, बागमती प्रदेश सदस्य सुरज तिवारी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य अरुणपीडित भण्डारी, जिल्ला सदस्यहरु राजेन्द्र कँडेल, किरण श्रेष्ण, ज्ञानबहादुर कुमाल, हरि मिश्र, रामबहादुर राना मगर, बिष्णु लामिछाने, बलराम पीडित, सुदन दराई लगायत विभिन्न तहमा रहेका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।