तीर्थयात्री सवार बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, १७ घाइते


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ २० २०८१
2.5K
SHARES

२० माघ काठमाडौं । भारतको गुजरातमा आइतबार बिहान तीर्थयात्री सुवार बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।प्रहरीका अनुसार चालकले नियन्त्रण गुमाउँदा आज बिहान सवा चार बजेतिर बस सडबाट ३५ फुट तल खसेको थियो ।बसमा ४८ यात्रु थिए । तीमध्ये दुई महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको र १७ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । अन्य यात्रु सामान्य घाइते छन् ।

घाइतेहरुलाई उपचारका लागि अहवास्थित अस्पतालमा भर्ना गरिएको छ ।बस तीर्थयात्रीलाई लिएर गुजरातको द्वारका जाँदै थियो । उनीहरु मध्यप्रदेशका गुना, शिवपुरी र अशोकनगर जिल्लाका थिए ।
शनिबार भारत उत्तरप्रदेशको प्रयागराजमा लागेको कुम्भ मेलाबाट फर्किरहेका नेपाली सवार जिप मधुवनीमा दुर्घटना हुँदा पाँच नेपालीको मृत्यु भएको थियो ।