अध्यादेश तत्काल फिर्ता लिनुपर्छ – सांसद शर्मा


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ २० २०८१
2.4K
SHARES

२० माघ काठमाडौं । राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले अध्यादेशभित्र सकारात्मक विषय हुँदाहुँदै पनि नियत, प्रक्रिया र विधिमा त्रुटि रहेको बताएका छन् । आइतबार राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएका हुन् ।सरकारले अध्यादेश तत्काल फिर्ता लिनुपर्नेमा उनले जोड दिए । उनले अध्यादेशहरू सकारात्मक भए पनि यसभित्र खतरनाक विषय समावेश रहेको बताए ।

“यो अध्यादेशहरूभित्र कतिपय सकारात्मक कानुन हुँदाहुँदै पनि नियत, प्रक्रिया र विधिका हिसाबले यो गलत छ,” उनले भने, “सरकारले यो फिर्ता लिनुपर्छ । यो अध्यादेशभित्रका कानुनहरू सकारात्मक छन् । ती सकारात्मक कुराले खतरनाक कुरालाई ढाकछोप गरेका छन् ।”

सुकुम्वासीलाई जग्गा दिने विषय सकारात्मक भए पनि हदबन्दी फुकुवा गर्ने कुरा डरलाग्दो रहेको उनले बताए । भूमाफियाको हातमा सरकार गएको महसुस आफूले गरेको उनको भनाइ थियो ।

“भूमिसम्बन्धीको कुरा, सुकुम्वासीहरूलाई जग्गा दिने कुरा ल्याइएको छ, सकारात्मक कुरा हो । तर, हदबन्दी एक ढंगले फुकुवा गरेर जुन हिसाबले सुकुम्वासीलाई जग्गा दिने कुरा उठाइएको छ, साथै हदबन्दी फुकुवा गर्नेकुरा जे उठाइएको छ, त्यसले भूमाफियाहरूको हातमा यो सरकार गएको त होइन भन्ने प्रश्न उठाउन सकिन्छ,” उनले भने ।सांसद शर्माले सुशासन, सामाजिक न्यायको बाटोबाट सरकार विचलित भएको आरोप लगाए ।