देशव्यापी माओवादीमा प्रवेश गर्नेको लहर चलेको छ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ २१ २०८१
2.7K
SHARES

२१ माघ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रभु साह नेतृत्वको आम जनता पार्टीका केन्द्रीय सचिव बाबुराम कौशिकलाई पार्टीमा भित्र्याएका छन् ।खुमलटारमा आयोजित कार्यक्रममा कौशिकसहित विभिन्न पार्टी परित्याग गरी प्रवेश गर्ने नेता कार्यकर्तालाई उनले स्वागत गरेका हुन् ।

माओवादी प्रवेश गर्नेहरूमा आजपा स्थायी समिति सदस्य कदम रसुल, व्यापार महासंघका पूर्वकेन्द्रीय सदस्य वीरबहादुर विदुर, एकीकृत समाजवादीका जिल्ला सदस्य शत्रुघन गिरी, आजपाका प्रदेश सदस्यहरू अवताव अहमद, सजिव गुप्ता, दिलिप गुप्तालगायत छन् ।