झिँगाको होइन मौरीको सङ्गत गर्नुहोस् – प्रधानमन्त्री ओली
Capital Headline
प्रकाशित मिति :
सोमबार, माघ २१ २०८१
2K
SHARES
२१ माघ काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले गलत सङ्गत नगर्न युवाहरूलाई सुझाव दिएका छन् । सोमबार राजधानीमा युवासँग प्रधानमन्त्री कार्यक्रमलाई सम्बोधन गर्दै गलत सङ्गतले जीवन नै बर्बाद हुने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गरे ।
‘गलत सङ्गत बहुत खतरनाक चिज हो । त्यस्तो सङ्गत कहिल्यै नगर्नोस् । राम्रोको सङ्गत गर्नुभयो भने सक्षम र सफल व्यक्ति बन्न सक्नुहुन्छ । नराम्रोको सङ्गत गर्नुभयो भने निराशामा फस्ने, इर्स्यालु बन्ने सम्भावना हुन्छ । यसले जिन्दगी बर्बाद बनाउँछ ।’
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट