नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बोलायो साधारणसभा


Capital Headline
प्रकाशित मिति : मंगलबार, माघ २२ २०८१
2.8K
SHARES

२२ माघ काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले वार्षिक साधारणसभा बोलाएको छ । बैंकले फागुन १५ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभा बोलाएको बैंकले यो पटक सेयरधनीलाई लाभांश नदिने भएको छ ।

बैंकले माघ २८ गतेदेखि फागुन १५ गतेसम्म बुक क्लोज जनाएको छ । माघ २७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।