पानीधारामा दुर्घटना, ५ यात्रु घाइते


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ २६ २०८१
2.7K
SHARES

२६ माघ काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका– १० पानीधारास्थित पृथ्वीराजमार्गमा गाडी दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।

नारायणघाटबाट काठमाडौं आउँदै गरेको बा. २ख ७६३६ नम्बरको गाडी अनियन्त्रित भएर दुर्घटना भएको हो । गाडीमा १४ यात्रु रहेकोमा पाँचजना भइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले जानकारी दिए ।

चितवन भरतपुर महानगरपालिका– ९ का ४३ वर्षीय प्रकाश अधिकारी, सोही ठाउँका ५० वर्षीय मनबहादुर पुन, भरतपुर महानगरपालिका– ८ बस्ने २५ वर्षीया स्वस्तिका पौडेल, सोही ठाउँ बस्ने २३ वर्षीया अञ्जली रिमाल र भरतपुर महानगरपालिका– ५ बस्ने ५० वर्षीय सुदर्शन थापा छन् । अधिकारी, पुन, पौडेल र रिमालको प्रशान्त फार्मेसी चौकीटारमा तथा थापाको बिहानी फार्मेसी मझिमटारमा उपचार भइरहेको डिएसपी हमालले जानकारी दिए ।