नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको शाखा स्थानान्तरण


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ २७ २०८१
2.8K
SHARES

२७ माघ काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले खुशिवु शाखा कार्यालय हालको शाखाबाट करिब ९० मिटर पश्चिममा स्थानान्तरण गरेको छ । बैंकले आइतबारदेखि स्थानान्तरण भएको स्थानबाट सेवा सुरु गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले शाखाको उद्घाटन गरे ।

यस शाखाबाट ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने उनले बताए । हाल बैंकको २८३ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ६६ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटीएम ररहेका छन् ।