गण्डकी गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ २८ २०८१
2.5K
SHARES

२८ माघ काठमाडौं । ‘जनयुद्ध दिवस’को अवसर पारेर गोरखाको गण्डकी गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज एक सूचना जारि गर्दै पालिकाले फागुन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो। २०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले शसस्त्र युद्धको घोषणा गरेको थियो।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि २०५२ फागुन ०१ गते देखि संचालित सशस्त्र युद्धको स्मरण र महान शहिदहरुप्रति उच्च सम्मान गर्दै फागुन १ गते सशस्त्र युद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय भएको गण्डकी गाउँपालिकाद्वारा जारि सूचनामा उल्लेख गरिएको छ। पालिकाका प्रशासकीय अधिकृत किरणबाबु कट्टेलद्वारा जारि सूचनामा फागुन १ गते गण्डकी गाउँपालिका र त्यस अन्तर्गतका कार्यालयहरूमा सार्वजनिक बिदा दिएको जनाइएको छ ।

गाउँ कार्यपालिकाको माघ ८ गतेको निर्णयानुसार बिदा घोषणा गरिएको गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना (साकार) ले गण्डकी टाइम्सलाई लजानकारी दिए। तत्कालीन माओवादीले ०५२ बाट १० वर्षसम्म सशस्त्र संघर्ष सञ्चालन गरेको थियो ।