मालिकार्जुन गाउँपालिकामा शोक बिदा
२८ माघ काठमाडौं । भारतको उत्तर प्रदेशस्थित महाकुम्भ पुगेका एक जना कर्मचारीको गाडीको ठक्करबाट निधन भएको छ । दार्चुलाको मालिकार्जुन गाँउपालिकाका कर्मचारी जगदीश अवस्थीको निधनपछि आज पालिकाभर बिदा दिइएको छ ।मालिकार्जुन गाउँपालिका–५, डाडाकोट निवासी जोशी गाउँपालिकाको उद्यम विकास शाखा प्रमुख थिए ।
भारतको प्रयागराजमा जारी कुम्भमेलामा सहभागी हुन जाने क्रममा उनलाई लखनऊमा गाडीले ठक्कर दिएको बताइन्छ । गम्भीर घाइते अवस्थीलाई अस्पतालमा डाक्टरले मृत घोषणा गरिदिएका हुन् ।गाउँपालिकाको उद्यम विकास शाखा प्रमुख अवस्थीको मृत्यु भएको जनाउँदै आज पालिकामा शोक बिदा दिइएको हो।
