सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८६ प्रतिशतले बढ्यो


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ २८ २०८१
2.5K
SHARES

२८ माघ काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८६ प्रतिशतले बढेको छ ।चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक विवरणअनुसार खुद नाफा २३ करोड ९ लाख रुपैयाँ पुगेको छ । कम्पनीका अनुसार गत आवको सोही अवधिको खुद नाफा १२ करोड ३६ लाख रुपैयाँ थियो ।

सिटिजन लाइफको खुद प्रिमियम आम्दानी ३ अर्ब १८ करोड छ । यसअघि २ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो । आम्दानी बढेसँगै सिटिजन लाइफको प्रतिसेयर आम्दानी ११.७३ रुपैयाँ पुगेको छ । यसअघि ६.६० रुपैयाँ थियो । सिटिजन लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब ९३ करोड रुपैयाँ छ ।