स्टील र आल्मुनियममा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा


Capital Headline
प्रकाशित मिति : मंगलबार, माघ २९ २०८१
1.7K
SHARES

२९ माघ काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि स्टील र आल्मुनियममा २५ प्रतिशत कर लगाएका छन् । ट्रम्पले यसलाई अमेरिकालाई फेरि धनी बनाउने सुरुआत भनेका छन् ।

“यो अमेरिकाका लागि ठूलो कुरा हो,” कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि ट्रम्पले भने ।ट्रम्पले स्टील र आल्मुनियममा लगाइएको कर सबै देशहरूमा लागु हुने बताए ।करले उपभोक्ताहरूका लागि मूल्य बढाउँछ भनेर सोधिएको प्रश्नमा ट्रम्पले भने, “अन्ततः यो सस्तो नै हुनेछ ।”

क्यानडा र मेक्सिको स्टील व्यापारका अमेरिकाका सबैभन्दा ठूला साझेदार हुन् । क्यानडा अमेरिकालाई आल्मुनियम धातुको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो ।