क्यान्टोनमेन्टको छानबिन गर्न कसैले छेकेको छैन – उपमहासचिव शर्मा


Capital Headline
प्रकाशित मिति : मंगलबार, माघ २९ २०८१
1.7K
SHARES

२९ माघ काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सरकारले अध्यादेश ल्याउन पाउने भएपनि त्यसको बिषयमा छलफल गर्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यादेशपछि जनतामा आतंक मच्याइएको दाबी गरे।उनले भने, ‘अध्यादेश ल्याउँन हुँदैन भन्ने होइन, ल्याउन मिल्छ तर त्यसभित्र केके आयो भन्ने प्रश्न छ। त्यसले कालोबजारी बढ्छ कि भन्ने जनतालाई आतंक छ। सबै सरकारी सम्पत्ति बाँडिन्छ कि भन्ने छ, ल्याउन नपाइने होइन तर, सत्तापक्षलाई भन्छु, मिठो कुरा पनि हतारामा खान खोजियो भने घाँटीमा अड्कियो भने त्यसको अर्थ हुँदैन। आज अध्यादेश कहाँ अड्किएको छ? अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भएको छ। त्यसलाई निकाल्नुपर्‍यो। हाम्रा कुराहरू छँदैछन्। यहाँ छलफल गरौँला नि। राम्रोलाई राम्रो भनौंला नि नराम्रोलाई नराम्रो भनौंला।’

उनले सदनमा जनताको एजेण्डा उठ्नुको सट्टा सरकार बच्यो बच्यो र ढल्यो, ढल्यो भन्ने कुरामा केन्द्रित भएको बताए। अहिले सदनमा एकले अर्कालाई दोषी करार गर्नभन्दा पनि शक्तिशाली आयोग बनाएर सबै भ्रष्टाचारको छानविन गर्न माग गरे।उनले भने, ‘भ्रष्टाचारको छानबिन गरौं। यो रोष्ट्रमबाट मैलेपनि धेरै चोटी भनेको छु, छानबिन गरौं। शक्तिशाली आयोग बनाऔं। को कोले गरेको भन्ने कुरा त्यहाँ पुष्टि हुन्छ नि त ? गर्न किन आँट नगर्ने ? त्यो आँट गरौं भनिएको छ । क्यान्टोनमेन्टको होस वा अरु कुनै कुराको होस, छानिबन गरेर अघि बढौं न । छानबिनको लागि कसैले छेकेको छैन।’