अध्यक्षमा डा. भट्टराई विजयी
Capital Headline
प्रकाशित मिति :
बिहिबार, फाल्गुन १ २०८१
1.9K
SHARES
१ फागुन काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन्। काठमाडौंमा भएको प्रथम महाधिवेशनबाट भट्टराईले नेत्र चापागाईंलाई हराउँदै विजयी भएको नेता रोशन पोखरेलले बताए।
अध्यक्षका लागि खसेको ८७३ मतमा बाबुरामले ८०२ मत ल्याउँदा नेत्रले ७१ मत मात्रै पाए। यद्यपी, मतबारे निर्वाचन आयोगले घोषणा गरेको छैन।
नेता पोखरेलले भने, ‘उहाँ (बाबुराम) अध्यक्षमा निर्वाचित भइसक्नुभएको छ। निर्वाचन आयोगले आधिकारीक घोषणा गरेको छैन। मतमा तलमाथि पर्नसक्छ।’
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट