बजेट अझै बढाउनुपर्छ – प्रचण्ड
१ फागुन रूपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश र स्थानीय तहलाई दिइने समानीकरण बजेट बढाउनुपर्नेमा जोड दिएका छन् ।
बिहीबार गुल्मीको मालिका गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै उनले सरकारले प्रदेश र स्थानीय तहलाई दिँदै आएको समानीकरणको बजेट कटौती गर्न लागेको बताउँदै झन बढाउनुपर्नेमा घटाउन लागेकाले सरकार उल्टो बाटोमा हिंडेको टिप्पणी गरे।
अहिले संविधान कार्यन्वयनको चरणमा रहेकाले प्रदेश र स्थानीय तहलाई अझ प्रभावकारी बनाएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।