खर्च गर्न बाँकी २५ प्रतिशत बजेट रोक्का
२ फागुन काठमाडौं । अर्थ मन्त्रालयले खर्च गर्न बाँकी बजेटको २५ प्रतिशत रकम रोक्का गरेको छ । अनिवार्य दायित्वबाहेकको चालू तथा पुँजीगत खर्चतर्फ विनियोजित बजेटमध्ये बाँकी रकमको २५ प्रतिशत रकम रोक्का गरिएको हो ।
‘चालु खर्च (अनिवार्य दायित्व बाहेक) तथा पुँजिगत खर्चतर्फ विनियोजित नेपाल सरकार स्रोततर्फको रकममध्ये हालसम्म खर्च भई बाँकी रकमको २५ प्रतिशत रोक्का राख्ने व्यवस्था बमोजिम देहाय बमोजिमको खर्च शीर्षक अन्तर्गत विनियोजित बजेटमध्ये बाँकी रकमको २५ प्रतिशत रकम रोक्का गरिएकोले चालू आवमा विनियोजित बजेट खर्चलाई सोही अनुरूप समायोजन गर्ने’, अर्थले परिपत्रमा उल्लेख गरेको छ ।
अर्थ मन्त्रालयले केही शीर्षकअन्तर्गत विनियोजित बजेटमध्ये बाँकी रकमको २५ प्रतिशत रकम रोक्का गरिएको भन्दै चालू आवमा विनियोजित बजेट खर्चलाई सोहीअनुरूप समायोजन गर्ने जनाएको छ । रोक्का गरिएका बजेट शीर्षकमा कर्मचारी तालिम खर्च (तालिम केन्द्र र प्रतिष्ठानबाट सञ्चालन हुनेबाहेक मात्र), कार्यक्रम खर्च, मेसिनरी तथा औजार, फर्निचर तथा फिक्स्चर र पुँजीगत परामर्श छन् ।