७९ प्रतिशतको लाइनमा बैंकहरुको सीडी रेसियो


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन ५ २०८१
988
SHARES

५ फागुन काठमाडौं । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसत ७९.३५ प्रतिशत रहेको छ । माघ मसान्तसम्म आइपुग्दा राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो ६३ प्रतिशत रहेको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६८ प्रतिशत छ ।त्यस्तै, नेपाल बैंकको ७३.६९ प्रतिशत, नेपाल एसबिआई बैंकको ७५.४९ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७७.५६ प्रतिशत, प्रभु बैंकको ७५.८४ प्रतिशत, ग्लोबल आइएमई बैंकको ७८.७७ प्रतिशत, कृषि विकास बैंकको ७५.४३ प्रतिशत छ ।

त्यसैगरि, लक्ष्मी सनराइजको ८०.८० प्रतिशत, सानिमा बैंकको ८०.९२ प्रतिशत, कुमारी बैंकको ८१.८० प्रतिशत, नबिलको ८२.४४ प्रतिशत, हिमालयन बैंकको ८२.७० प्रतिशत, एनआईसी एसिया बैंकको ८३.०७ प्रतिशत, एभरेष्ट बैंकको ८३.५१ प्रतिशत, माछापुच्छ्रेको ८३.६० प्रतिशत, र एनएमबि बैंकको ८३.६२ प्रतिशत छ ।

माघ मसान्तसम्ममा सिटिजन्स बैंकको ८४.०१ प्रतिशत सीडी रेसियो छ । यस अवधिमा सिद्धार्थ बैंकको ८५.०२ प्रतिशत सीडी रेसियो हुँदा प्राइम कमर्सियलको ८५.७७ प्रतिशत सीडी रेसियो रहेको एनबीएले जनाएको छ ।