१९ खर्बको आगामी आर्थिक वर्षका लागि बजेट सिलिङ


Capital Headline
प्रकाशित मिति : मंगलबार, फाल्गुन ६ २०८१
2.2K
SHARES

६ फागुन काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब रुपैयाँको बजेट सिलिङ बुझाएको छ ।आयोगले आर्थिक वर्ष २०८२/८३ को आयोजना तथा कार्यक्रम प्रस्ताव गर्नेसम्बन्धी मार्ग दर्शन अर्थ मन्त्रालयमा पेस गरेको हो ।

“आयोगले १९ खर्ब रुपैयाँको बजेट सिलिङ मन्त्रालयमा बुझाएको छ,” अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले भने, “आयोगले बुझाएको सिलिङमा आगामी आर्थिक वर्षको बजेट निर्माण तयारी हुन्छ ।”त्यस्तै, अर्थ मन्त्रालयमा राष्ट्रिय स्रोतको प्रारम्भिक अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन २०८१ पनि पेस गरेको छ ।