मर्दी हिमालमा हिमपात
Capital Headline
प्रकाशित मिति :
बुधबार, फाल्गुन ७ २०८१
2.6K
SHARES
७ फागुन माछापुच्छ्रे । पदमार्गका लागि आन्तरिक पर्यटकको रोजाइमा पर्दै आएको कास्कीको मर्दी हिमालमा यो वर्षको पहिलो हिमपात भएको छ । हिउँदको अन्तिम समयमा हिउँ परेपछि त्यहाँका पर्यटन व्यवसायी हर्षित भएका छन्।
सोमबारबाट हल्का वर्षा सुरु भएको र मंगलबार हिमपात भएको माछापुच्छ्रे गाउँपालिका-९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिए । मर्दी हिमालमा हिमपात भएपछि पदयात्रामा जाने स्वदेशी तथा विदेशी पदयात्रीसमेत उत्साहित भएका छन्। हिउँ परेपछि मर्दीसहित वरिपरिका हिमाल सेताम्मे बनेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट